Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • स्थलगत अनुगमनमा जाँदा वडा अध्यक्षहरुसँग समन्वय नगरेको अध्यक्ष चिनकाजी महर्जनको गुनासो

    स्थलगत अनुगमनमा जाँदा वडा अध्यक्षहरुसँग समन्वय नगरेको अध्यक्ष चिनकाजी महर्जनको गुनासो

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 798
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् ।

    काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् ।



    काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरे ।



    वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार