Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दीपकराजले समर्थनमा लेख्दा पनि बालेनलाई पचेन, भन्छन् – बालेनहरु कति जना छन् ?

    दीपकराजले समर्थनमा लेख्दा पनि बालेनलाई पचेन, भन्छन् – बालेनहरु कति जना छन् ?

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 843
    SHARES

    काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले अभिनेता दीपकराज गिरीलाई प्रतिप्रश्न गरेका छन् ।

    मंगलबार दिउँसो गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेनको समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । तर मेयर बालेनले आक्रोशित भाव व्यक्त गर्दै प्रतिप्रश्न गरेका हुन् ।



    दीपकराजले लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं । अब रवि, बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’



    यो स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन् । प्रतिक्रियामा मेयर बालेनले लेखेका छन्, ‘बालेनहरु भनेको कतिजना हो ? बालेन जस्तै अरु पनि छन् ? छन भने किन ५ वर्ष कुर्नु ?’

    बालेनको जवाफलाई लिएर धेरैले आलोचना गरेका छन् । यसअघि चलचित्र निर्देशक विशाल भण्डारीसँग मेयर बालेनको जुहारी नै चलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार