Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालेनको निर्णयबारे दीपकराज गिरीको प्रश्न – सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ?

    बालेनको निर्णयबारे दीपकराज गिरीको प्रश्न – सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ?

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले नेपाली हलहरुमा सबै हिन्दी फिल्म बन्द गर्दा गलत अर्थ लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि नगरभित्रका हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिने घोषणा गरेपछि गिरीको यस्तो प्रतिक्रिया आएको हो ।



    मेयर शाहले आदिपुरुषमा रहेको सीताबारे विवादित संवाद फिल्मको मूल कपीबाटै नहटाएसम्म अरु हिन्दी फिल्म पनि चल्न नदिने घोषणा गरेका थिए । तर दीपकले सबै हिन्दी फिल्म बन्द गर्दा धेरै कुरा उता (भारत) बाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि भन्दै प्रश्न गरे ।



    ‘समस्या आदिपुरूषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ । उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उता बाट त धेरै कुरा आउँछ…,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार