Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • दीपकराजको व्यङ्ग्य– ‘शेरबहादुरजीको भागमा दलको नेता छँदैछ नी, के को चिन्ता ?

    दीपकराजको व्यङ्ग्य– ‘शेरबहादुरजीको भागमा दलको नेता छँदैछ नी, के को चिन्ता ?

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । अभिनेता दीपकराज गिरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तिखो व्यङ्ग्य गरेका छन् । संसदीय ठूलो पार्टी नेपाली काँग्रेस सत्ताबाट बाहिरिएपछि उनले देउवालाई लक्षित गर्दै व्यङ्ग्य गरेका हुन् ।

    उनले समाजिक सञ्जालमार्फत शेरबहादुरजी र काँग्रेसको भागमा संसदीय दलको नेता पो छँदैछ नी भन्दै व्यङ्ग्य गरे । उनले लेखेका छन्, ‘के को चिन्ता ? शेरबहादुरजी र काँग्रेसको भागमा संसदीय दलको नेता पो छँदैछ नी !’



    आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ४४औँ प्रधानमन्त्री बनेका छन् ।



    आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार