Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रविविरुद्ध मुद्दा हाल्नेप्रति गिरीको व्यंग्य – अलिकति फुर्सद भो, मुद्दा हाल्दिउ कि क्या हो

    रविविरुद्ध मुद्दा हाल्नेप्रति गिरीको व्यंग्य – अलिकति फुर्सद भो, मुद्दा हाल्दिउ कि क्या हो

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 666
    SHARES

    काठमाडौं । कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका छन् ।

    बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत कलाकार गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गर्दै म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै कटाक्ष गरेका हुन् ।



    गिरीले अलिकति फूर्सद पनि भो रवि लामिछानेलाई म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै व्यंग्य गरे ।



    उनले लेखेका छन्, ‘अलिकति फूर्सद पनि भो… के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउ कि क्या हो रवि लामिछाने लाई…।’

    लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि महान्यायाधिक्ता कार्यालयको उनीमाथि मुद्दा नचलाउने निर्णय विरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार