Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीलाई तानाशाह भन्नेहरु देउवासामु नुन खाएको कुखुरो जस्तै भए : एमाले सांसद अधिकारी

    ओलीलाई तानाशाह भन्नेहरु देउवासामु नुन खाएको कुखुरो जस्तै भए : एमाले सांसद अधिकारी

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 759
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले केपी शर्मा ओलीलाई तानाशाह भन्ने सांसदहरुले अहिले प्रधानमन्त्री देउवासामु नुन खाएको कुखुरो जस्तै भएर बसिरहेको आरोप लगाएका छन् ।

    आइतबार मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिदै पुर्व गृहमन्त्री समेत रहेका अधिकारीले यही संसदबाट केपी ओली तानाशाह भए भनेर कुर्लने सांसदहरु अहिले झोक्रिएर बसेको बताएका हुन् ।



    उनले आज त्यो सवै शेरबहादुर प्रधानमन्त्री भएपछि समाप्त भयो ? भनेर सत्तापक्षका सांसदहरुलाई प्रश्न समेत गरे ।



    त्यतिमात्र होइन उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सवै शक्ति केन्द्रीकृत गरेर किन बसिरहनुभएको भन्दै जवाफ दिन माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार