Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

    इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मर्जरको समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए ।

    दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका हुन् ।



    मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन समेत नेप्सेलाई भनेका थिए ।सोही अनुसार दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।



    यी दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार