Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस नेतृत्वको सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन : परराष्ट्रमन्त्री खड्का

    कांग्रेस नेतृत्वको सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन : परराष्ट्रमन्त्री खड्का

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 678
    SHARES

    फाइल तस्विर

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने स्पष्ट पारेका छन् ।

    अमेरिकी जर्नेलको नेपाल भ्रमणका क्रममा आएको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ प्रस्ताव गरेको समाचार सार्वजनिक भएपछि मन्त्री खड्काले यस्तो बताएका हुन् ।



    प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री खड्काले अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनको नेपाल भ्रमणका क्रममा एसपीपीमा हस्ताक्षर अर्थात् अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्लामात्रै भएको दाबी गरे ।



    उनले कांग्रेस नेतृत्वको सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने बताए । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कुनै पनि सैन्य गठबन्धनमा जान आवश्यकता नरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार