Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजै बजेट पारित गर्ने तयारी

    प्रतिनिधि सभा बैठक : विनियोजन विधेयकमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

    प्रतिनिधि सभा बैठक : विनियोजन विधेयकमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 987
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ ।

    बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको ११ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।



    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, शहरी विकास मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, ऊर्जामन्त्री, जलस्रोत तथा सिंचाई मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री, गृह मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ ।



    यस्तै सांसद प्रेम सुवाद, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार