Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सरकारले प्रतिनिधि सभाबाट बिहीवार विनियोजन विधेयक पारित गर्ने तयारी

    सरकारले प्रतिनिधि सभाबाट बिहीवार विनियोजन विधेयक पारित गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 606
    SHARES

    काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट बिहीवार विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

    जवाफ सकिएपछि विनियोजन विधेयक पारित गर्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची छ । बुधवार राति सवा ९ बजेसम्म विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिएका थिए ।



    विनियोजन विधेयक पारित भए पनि आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक भने संसद्को अर्को बैठकबाट पारित गर्ने सचिवालयको तयारी छ ।



    नेकपा एमालेको विरोधका कारण अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम यसअघिको कार्यसूचीबाट हटाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार