Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बालबालिकाको लागि २२ लाख खोप आइतबार नेपाल आइपुग्ने

    बालबालिकाको लागि २२ लाख खोप आइतबार नेपाल आइपुग्ने

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।

    स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ ।



    नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।



    परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार