Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिइने

    बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिइने

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दोस्रो चरणअन्तर्गत ५० जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो।

    आउँदो भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।



    प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुंग, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमाखोप दिइने छ। यसैगरी गण्डकी प्रदेशका बागलुङ,



    गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुममा सोही अवधिमा खोप लगाइने छ।

    कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट रहेका छन्। सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार