Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १२ वर्षदेखि माथिकालाई एक करोड डोज खोप बुक भइसक्यो: स्वास्थ्यमन्त्री खतिवडा

    १२ वर्षदेखि माथिकालाई एक करोड डोज खोप बुक भइसक्यो: स्वास्थ्यमन्त्री खतिवडा

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्याले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज कोरोना खोप भित्र्याउन बुक गरेको जनाएको छ ।

    बिहिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीका नागरिकलाई लगाउने गरी एक करोड डोज खोप बुक गरिसकेको जानकारी दिए ।



    १२ वर्षमाथिकालाई खोप लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले स्वीकृति दिइसकेको भन्दै मन्त्री खतिवडाले भने, ‘डब्लुएचओले अनुमति दिइसकेकाले १२ वर्षमाथिकालाई लगाउने गरी एक करोड डोज खोप ‘बुक’ गरिकेका छौं, अब छिट्टै सो उमेर समूहका बालबालिकालाई पनि खोप लगाउछौं ।’



    अहिले १८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने अभियान सुरु भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार