Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले विच्छालाई स्वास्थ्य सल्लाहाकार बनाउँदा मन्त्री खतिवडा र सचिव पोखरेल तनावमा

    प्रधानमन्त्री देउवाले विच्छालाई स्वास्थ्य सल्लाहाकार बनाउँदा मन्त्री खतिवडा र सचिव पोखरेल तनावमा

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । उमेर हदका कारण २०७८ कात्तिक ७ गते आइतवारका दिन सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका डा. आरपी बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य सल्लाहाकार बनाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका बिच्छालाई रिटायर्ड भएको भोलिपल्ट नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुईवर्ष कार्यकाल थप गरी सल्लाहकारमा नियुक्त गरेको बताइएको छ ।

    उमेर हदका कारण अनिवार्य अवकाशमा गएका बिच्छालाई २०७८ कात्तिक ८ गतेसोमवार बसेको मन्त्रिपरिषद बैठकले दुई वर्ष कार्यकाल थपेर स्वास्थ्य सल्लाहाकारमा नियुक्त गरेसँगै प्रधानमन्त्री देउवाको आलोचना चुलिएको छ । मन्त्रालयभित्र बिच्छा विवादित र भ्रष्ट छविका कर्मचारी भनेर आलोचित रहँदै आएका छन् । उनको ठाउँमा वरिष्ठ चिकित्सकसमेत रहेका दीपेन्द्ररमण सिंहलाई लगिएको छ ।



    नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएसँगै विवादित बिच्छालाई हटाएर सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री देउवा सरकारमा यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई अहिले प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्नेगरी जिम्मेवारी तोकेकाछन् ।



    महानिर्देशदेखि सल्लाहकारसम्म
    राज्यमन्त्री श्रेष्ठ र प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको जोडबलमाअति नै विवादित र भ्रष्ट छविका बिच्छाविभागको महानिर्देशकदेखि प्रधानमन्त्रीको सल्लाहकार बन्ने हैसियत कसरी बनाए भन्दै स्वास्थ्यका कर्मचारीहरूलेआश्चर्य व्यक्त गरेका छन् । मन्त्रालयमा नयाँ स्वास्थ्य मन्त्री नआउँदासम्म जतिसुकै बिरोध भएपनि बिच्छा विभागबाट टसमस हुनु परेन । त्यसको एकमात्र कारण भनेको देउवा पत्नी राणा र राज्यमन्त्री श्रेष्ठको आशीर्वाद बिच्छाले पाइरहनु रहेको श्रोत बताउछ । मन्त्रालयको नेतृत्व परिवर्तन हुनु र उमेर हदका कारण सेवाबाट बाहिरिएका बिच्छालाई प्रधानमन्त्री देउवाको स्वास्थ्य सल्लाहकारमा नियुक्त भएकोमा नेपाली काँग्रेस पदाधिकारीले समेत असन्तुष्टि जाहेर गरेको बुझिएको छ ।

    बिच्छाको रोजाई : कमिशन खेल
    स्वास्थ्य सेवा विभागको कोरोना महामारी नियन्त्रण र रोकथामका लागि विदेशी मुलुकबाट करिव २२ देखि २५ अर्व रकम बराबरको खोप खरिद गरी ल्याउने लक्ष्य छ । आगामी २०७८ चैत्र मसान्तसम्ममा सम्पूर्ण नेपाली जनतालाई खोप लगाइसक्ने वर्तमान सरकारको प्रतिवद्धता र तयारी पनि छ ।श्रोत भन्छ, खोप खरिद बापत प्राप्त हुने करोडौं कमिशन कसले पड्काउने भन्ने हानथाप मन्त्रालय भित्र चलेको बताइन्छ । तत्कालीन राज्यमन्त्री श्रेष्ठ, बिच्छा र आरजु राणाले कमिशन पड्काउनका लागि मन्त्रालयभित्र राम्रै सेटिङ्गमिलाएका थिए ।

    तर सत्ता गठवन्धको भागबण्डा गर्दा स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा परेपछि माथि उल्लेखित पात्रहरू छटपटिन थालेका छन् । उनीहरूको यस्तो भित्री आशय बुझेर नै पत्नी आरजुको दवावमा प्रधानमन्त्री देउवाले घुमाइफिराई श्रेष्ठ र बिच्छालाई सरकार बाहिर पठाउन नचाहेको श्रोत बताउछ । कांग्रेस पार्टीका लागि जीवन समर्पित गरेका नेता, कार्यकर्तालाई लत्याएरआरजुका व्यापारिक पार्टनरहरूलाई प्रधानमन्त्री देउवाले यसअघि नै खोजीखोजी र उनीहरूले रोजेको जिम्मेवारी दिएका छन् । राष्ट्रिय योजना आयोग देखि प्रधानमन्त्री कार्यालय हुँदै सल्लाहकारसमेतमा पत्नी आरजुकै दवावमा परेर प्रधानमन्त्री देउवाले विवादित छवि र बदनाम पात्रहरूलाईनियुक्ति दिएकोश्रोत बताउछ ।

    मन्त्री खतिवडालाई सचिव पोखरेलको असयोग
    स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल मन्त्री खतिवडालाई सघाउने भन्दा पनि असहयोग बढी गरिरहेको समाचार छ । पंचायती व्यवस्थाकाविरुद्धमा खरो उपमा उत्रिएका र जेलनेल भोगेका मन्त्री खतिवडालाई सफल हुन नदिन सचिव पोखरेल सक्रिय भएर लागेकोश्रोत बताउछ । मुलुकमा बहुदलीय व्यवस्था आइसकेपछि पटक पटक मकवानपुरका जनताबाट अनुमोदित भएपनि खतिवडाले मन्त्री बन्ने अवसर प्राप्त गर्न सकेका थिएनन् ।

    श्रोतका अनुसार, मन्त्री खतिवडालाई विगतमा प्रधानमन्त्री पत्नी राणाको निर्देशनमा राज्यमन्त्रीश्रेष्ठ र सचिव पोखरललेमन्त्रायलय अन्तर्गत गरेको कर्मचारी सेटिङ्गलाई भत्काउन नै मुश्किल परेकोछ । भर्खरै स्वास्थ्य सेवा विभागमा डा। दीपेन्द्ररमण सिंहलाई ससम्मान जिम्मेवारीमा फर्काउन सकेका छन् ।

    यसअघि तत्कालीन राज्यमन्त्रीश्रेष्ठले १२ तहका वरिष्ठ चिकित्सक सिंहलाई मन्त्रालयमा अपमानपूर्वक तानेर विवादित र कनिष्ठडा। आरपी बिच्छालाई अवकासको मुखमा महानिर्देशक बनाएका थिए । सिंहलाई पुनः विभागको महानिर्देशकमै फर्काउने गरी मन्त्रालयले गरेको निर्णयलाई स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले मन्त्रीको सही कदम भएको बताएका छन । स्वास्थ्य मन्त्री खतिवडा विगत मन्त्रालयमा भएका बेथिति सच्याउनका लागि लागिरहेको भएपनि प्रशासनिक नेतृत्वले सहयोग नगरेको बताइएको छ ।

    के गर्छन अव सचिव पोखरेल ?
    उमेश श्रेष्ठ राज्यमन्त्री हुँदा आफैंले सेटिङ्ग मिलाएर विभागको महानिर्देशक बनाएका १२ तहका कनिष्ठ बिच्छा सेवाबाट अवकाश भएको भोलिपल्टै प्रधानमन्त्री देउवाको स्वास्थ्य सल्लाहकारमा नियुक्ति पाएसँगै सचिव पोखरेल छटपटिमा परेकोचर्चँ छ । आफ्नै ग्रायण्ड डिजाइनमा महानिर्देशक बनाइएका र आफूभन्दा कनिष्ठडा। बिच्छाको आदेश अब सचिव पोखरेलले मान्नैपर्ने भएको छ । हिजो मन्त्रालयबाट आदेश दिएर काम लगाइएका बिच्छाको आदेश कसरी मान्ने भन्ने कुराले उनी छटपटीमा परेको उनी निकट श्रोत बताउँछ ।

    त्यति मात्र कहाँ होर †रु हिजोका दिनमा स्वास्थ्यमन्त्री स्वयम्ले महानिर्देशकको जिम्मेवारीमा रहँदा कामकाजमा खटाइएका बिच्छाको सल्लाहसमेत अबमन्त्री खतिवडाले सुन्नैपर्ने बाध्यता रहेको छ । जसका कारण मन्त्री खतिवडा र सचिव पोखरेल दुवै जनाको लागि यो विषय टाउको दुखाई बनेकोे चर्चा स्वास्थ्यमा चलेको छ । (साँघु साप्ताहिक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार