Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोदीको प्रश्न : दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने व्यवस्था हुन्छ कि हुन्न ?

    मोदीको प्रश्न : दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने व्यवस्था हुन्छ कि हुन्न ?

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने गरिएको भन्दै नेपालमा त्यस्तो व्यवस्था हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् ।

    बिहीबार अर्थमन्त्रालयको बजेटमाथि छलफल गर्ने क्रममा मोदीले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गरि उनले ९ महिना संसद विघटन गरेको र ९ महिना संसद अवरुद्ध गरेको भन्दै त्यसको तलब भत्ता लिएको छ कि छैन भनेर प्रश्न गरेका हुन् ।



    उनले भने ‘अन्य संसारको उदारण हेर्दा दुई-दुई पटक, तीन-तीन पटक संविधान उल्लघंन गरेका कयौं त्यस्ता दलहरुलाई जनताले त बहिस्कार गर्छ, गर्छ देश निकाला गर्छन। उहाँहरुलाई त धन्न देश निकाला गरेन। त्यो व्यवस्था हुन्छ कि हुँदैन ? ,’ मोदीले भने।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार