Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतको लोकसभाबाट ३० सांसद निलम्बित

    भारतको लोकसभाबाट ३० सांसद निलम्बित

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 765
    SHARES

    एजेन्सी । भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरीसहित ३० जना सांसद निलम्बनमा परेका छन्।

    हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका हुन् ।



    यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए । डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्षा चुकको मामिला उठाउँदै आज सोमबार विपक्षीहरुले लोकसभामा विरोध जनाएका थिए ।



    दर्शकका रुपमा प्रवेश गरेका व्यक्तिले बैठकस्थलमा कुदेर धुँवा फैलाएको बारेमा उनीहरुले गृहमन्त्रीसँग जवाफ मागेका थिए ।

    विपक्षी सांसदले लगातार विरोध जनाएपछि बैठक पनि स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार