Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • डेंगु नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूको माग

    डेंगु नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूको माग

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका सांसदले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।

    बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अत्यावश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।



    प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे ।



    माओवादी केन्द्रका सांसद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार