Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन

    पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 543
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तेजमान तुम्बाहाम्फेको निधन भएको छ ।

    तेह्रथुमको म्याङलुङका स्थायी निवासी नेता तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गएराति पौने १० बजे निधन भएको हो ।



    तुम्बाहाम्फे २०१५ सालको निर्वाचनमा क्षेत्र नम्बर २६ धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।



    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    तुम्बाहाम्फेको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

    त्यस्तै, चैत २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार