Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा निलम्बित प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो

    भारतमा निलम्बित प्रतिपक्ष सांसदको संख्या १४१ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 516
    SHARES

    एजेन्सी। भारतमा निलम्वित हुने प्रतिपक्षी सांसदहरुको संख्या १४१ पुगेको छ । जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् ।

    मंगलबार लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परेका छन् । सोमबार ७८ सांसद र त्यसअघि १४ डिसेम्बरमा १४ सांसद निलम्वित भएका थिए । भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो ।



    सन् १९८९ मार्च १५ मा ६३ सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धी हत्याकाण्डको छानबिन आयोगको रिपोर्ट संसदमा पेश गर्न माग गर्दै हंगामा गर्नेहरु निलम्बनमा परेका थिए ।



    अहिले लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन् । १३ डिसेम्बरमा दर्शकदीर्घामा बसेका दुई व्यक्ति संसद हलमा प्रवेश गरी पहेंलो रंगको धुलो उडाएर बैठक प्रभावित पारेका थिए ।

    उनीहरुलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसको भोलिपल्ट अर्थात १४ डिसेम्बरमा संसदको सुरक्षामा लापरवाही भएको भन्दै बैठक अवरोध गर्न खोजेका थिए । त्यसपछि लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसद निलम्बित भएका थिए ।

    अहिले निलम्बनमा परेकाहरुमध्ये महुआ माजी जस्ता नयाँ सांसददेखि लिएर मनोज झा, जयराम रमेश, रणदीप सिंह सुरजेवाला, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशी थरुर, मनिष तिवारी, डिम्पल यादव जस्ता दिग्गज सांसदहरु पनि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार