Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रियसभामा पनि एमालेको अवरोध कायमै, अर्थमन्त्रीको राजीनामा माग

    राष्ट्रियसभामा पनि एमालेको अवरोध कायमै, अर्थमन्त्रीको राजीनामा माग

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक पनि अवरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै एमालेले बैठकमा अवरोध गरेको हो ।

    अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।



    राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरू उठेर विरोध जनाएका छन् ।



    त्यसपछि अध्यक्ष तिमिल्सिनाले दिएको समयमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले करको दायरा निर्धारण गर्दा विचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको भन्दै नैतिकताका आधार राजीनामा दिनुपर्ने बताए ।

    त्यसबाहेक प्रतिनिधिसभामा सो विषयमा एमालेद्वारा छानबिनका लागि संसदीय समितिको माग गरिएको कुरालाई नजरअन्दाज गरिएको भन्दै राष्ट्रिय सभामा अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

    त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार