Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राहदानी विभागमा बिचौलियाको हैकम

    राहदानी विभागमा बिचौलियाको हैकम

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भीडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ।

    राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले त्यीकार गरेको छ।



    दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड विचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ।



    विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु हाकिम सबै चिनेको छ भन्दै सेवाग्राहीबाट रकम असुलेको पाइएको जानकारी दिए ।

    आफ्नो राहदानी बनाउने भन्दै राहदानी परिसरभित्र प्रवेश गरेर फाँटका कर्मचारीलाई अनावश्यक दबाब र प्रलोभनसमेत ती विचौलियाले दिने गरेको उनको दाबी छ। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार