Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 756
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची बनेको संसदको सचिवालयले जनाएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।



    यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् ।



    आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन् ।

    यस्तै ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार