Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभाबाट आर्थिक विधेयक बहुमतले पारित

    प्रतिनिधि सभाबाट आर्थिक विधेयक बहुमतले पारित

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 837
    SHARES

    काठमाडौं । प्रतिनिधि सभामा ‘आर्थिक विधेयक २०७९’ लाई बहुमतले पारित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    त्यसअघिको छलफलमा सांसदहरूले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।



    ‘आर्थिक विधेयक २०४९’ माथि धारणा राख्दै उनीहरूले आयकर पनि भारत र पाकिस्तानको उदाहरण दिँदै हाम्रोमा कर बढी भएको बताए । विद्युत् खपत बढाउने कुरा गरिरहँदा विद्युतीय सवारीसाधनको आयातमा बढी कर लगाइएकामा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए ।



    मध्यम वर्गको ढाड सेक्ने गरी करको दर बढाइएको भन्दै सांसद भरत शाहले यसमा पुनर्विचार गर्न माग गरे । सांसद मेटमणि चौधरीले राज्यले ठूलो मात्रामा बक्यौता उठाउन बाँकी रहेको भन्दै त्यसमा ध्यान दिन अर्थ मन्त्रालयलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार