Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

    भारतमा द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 903
    SHARES

    एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बाट द्रौपदी मुर्मु भारतीय राष्ट्रपतिकी उम्मेदवार बन्ने भएकी छ ।

    गठबन्धनले ओडिशाकी आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् ।



    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् । मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् ।



    आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ । द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन् । पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार