Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय राष्ट्रपति मुर्मुले सम्बोधन गर्दै गर्दा बत्ती गएपछि…

    भारतीय राष्ट्रपति मुर्मुले सम्बोधन गर्दै गर्दा बत्ती गएपछि…

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 456
    SHARES

    एजेन्सी । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएपछि भारतमा राजनीतिक विवाद उत्पन्न भएको छ ।

    ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा राष्ट्रपति मुर्मुको सम्बोधनका क्रममा बत्ती गएको हो ।



    राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत् सर्ट भएर कार्यक्रम स्थलमा अँध्यारो छाएको थियो ।



    मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन । बिहान ११ः५६ बजेदेखि १२ः०५ बजेसम्म नौ मिनेटसम्म विद्युत् आएको थिएन ।

    यसलाई सुरक्षामा ठुलो कमी भएको भन्दै भारतीय जनता पार्टी ९भाजपा० प्रदेश अध्यक्ष मनमोहन सामलले मुख्यमन्त्री नवीन पटनायकलाई माफी माग्नु पर्ने जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार