Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यशवंत सिन्हाद्वारा भारतको राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता

    यशवंत सिन्हाद्वारा भारतको राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 912
    SHARES

    एजेन्सी । भारतको राष्ट्रपति पदका लागि यशवन्त सिन्हाले उम्मेदवारी दर्ता गराएका छन् । यशवंत सिन्हा धेरै विपक्षी दलका संयुक्त उम्मेदवार हुन् ।

    यशवन्त सिन्हाको मनोनयनमा कांग्रेस सांसद राहुल गान्धी, एनसीपी प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव र नेशनल कन्फरेन्सका अध्यक्ष फारुक अब्दुल्ला पनि उपस्थित थिए।



    ममता बनर्जीको पहलमा करिब १७ विपक्षी दलको बैठकले उनलाई उम्मेदवार बनाइएको थियो । यशवंत सिन्हा तृणमूल कांग्रेसका उपाध्यक्ष थिए । यसैबीच तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले यशवन्त सिन्हालाई समर्थन गर्ने बताएका छन् ।



    सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । उनले गत साता मात्रै उम्मेदवारी दर्ता गराएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार