Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • को बन्ला भारतको नयाँ राष्ट्रपति ?, बिहान ११ बजेबाट मतगणना हुने

    को बन्ला भारतको नयाँ राष्ट्रपति ?, बिहान ११ बजेबाट मतगणना हुने

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 858
    SHARES

    एजेन्सी । भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुने भएको छ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट हुने छ ।

    निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आदिबासी सन्थाल महिला द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्पर्धामा छन् ।



    मुर्मु को जित निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।



    दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ । भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार