Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय जनमोर्चाको निश्कर्ष- स्थानीय तह निर्वाचनमा गठबन्धनका अरु दलले धोका दिए

    राष्ट्रिय जनमोर्चाको निश्कर्ष- स्थानीय तह निर्वाचनमा गठबन्धनका अरु दलले धोका दिए

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 777
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका अरु दलले धोका दिएको निश्कर्ष निकालेको छ ।

    तर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निर्णय गरेको छ ।



    असार ८ गते काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको बैठकम स्थानीय तह निर्वाचन र सत्तारुढ गठबन्धनको समीक्षा भएको थियो ।



    अध्यक्ष चित्रबहादुर केसीका अनुसार पाँच दलीय गठबन्धनले नेकपा एमालेसँग तालमेल नगर्ने नीति अपनाए पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले उल्लंघन गरे ।

    एमालेसँग खुला वा छद्म प्रकारले गठबन्धन गरेर सत्तारुढ गठबन्धनभित्रै अन्तर्घात गरिएको पनि अध्यक्ष केसीले बताए ।

    त्यस क्रममा केही स्थानीय तहमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारमाथि पनि गठबन्धनका अरु दलले अन्तर्घात गरेको केसीले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार