Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सप्तकोसीमा डुंगा दुर्घटना : एक बेपत्ता, तीन जनाको सकुशल उद्धार

    सप्तकोसीमा डुंगा दुर्घटना : एक बेपत्ता, तीन जनाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 867
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा शनिबार चार जना युवा सवार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको छ । बाढी आएका बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



    डुंगामा सवार रहेका दुर्गा काफ्ले, टीकाराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ।



    उनको गोताखोर टोली, प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार