Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आजबाट मनसुन थप सक्रिय : देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    आजबाट मनसुन थप सक्रिय : देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहँदा आज बिहान कर्णाली, प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



    प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    आज राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

    नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार