Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • युक्रेनको सपिङ सेन्टरमा रुसले मिसाइल आक्रमण गर्दा १६ जना मारिए

    युक्रेनको सपिङ सेन्टरमा रुसले मिसाइल आक्रमण गर्दा १६ जना मारिए

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 942
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनको क्रेमेन्चुक सहरस्थित एक व्यस्त सपिङ सेन्टरमा मिसाइल आक्रमण गर्दा कम्तीमा १६ जना मारिएका छन् । साथै ५० जना बढी घाइते भएको युक्रेनी वरिष्ठ अधिकारीहरूले जनाएका छन् ।

    आक्रमणपछि घटनास्थलमा आगो लागिरहेको तथा क्षतविक्षत अवस्थाको तस्बिर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ । सार्वजनिक भएको भिडियोमा धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।



    युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार उक्त सपिङ सेन्टरभित्र १ हजारभन्दा धेरै मानिस रहेका थिए ।



    जेलेन्स्कीले यसबारे जानकारी दिएका छन् । क्रेमेन्चुक युक्रेनको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्र रहेको सहर मानिन्छ । जुन डिनिप्रो नदीको किनारमा अवस्थित छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार