Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नवनियुक्त डिआईजीहरुलाई खरो रुपमा उत्रन आईजीपी सिंहको निर्देशन

    नवनियुक्त डिआईजीहरुलाई खरो रुपमा उत्रन आईजीपी सिंहको निर्देशन

    सांगठनिक लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिवद्धता

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक (डिआईजी)हरूलाई कार्यसम्पादनमा खरो रूपमा उत्रन निर्देशन दिएका छन् ।

    डिआईजीमा बढुवा भएका १७ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी सिंहले भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्न समेत निर्देशन दिए ।



    पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिंदै आईजीपी सिंहले पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताए । उनले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने वाध्यता भएको पनि बताए ।



    गएको स्थानीय तहको निर्वाचनमा प्रहरीको व्यावसायिकताको कारण प्रहरी धन्यवादको पात्र बनेको उल्लेख गर्दै आईजीपी सिंहले आउँदा दिनहरूमा समेत थप व्यावसायिक र संवेदनशील भई जिम्मेवारी पूरा गर्न दत्तचित्त हुनुपर्ने बताए ।

    नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १७ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

    डिआजीईको दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने डिआईजीहरूमा बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।

    कार्यक्रममा आईजीपी सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गरेकी नेपाल पुलिस क्लबमा आवद्ध टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

    उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै डिआईजी बसन्त बहादुर कुँवरले कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैर व्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशिलता अपनाउँदै सांगठनिक लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार