Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक दिवसीय श्रृङ्खला : क्यानडासँग खेल्दै नेपाल

    एक दिवसीय श्रृङ्खला : क्यानडासँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ ।

    पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । खेल किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुनेछ ।



    सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग आज र भोलि दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ । क्यानडाले साद बिन जाफरको कप्तानीमा हिजो १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।



    क्यानडामा दुई एक दिवसीय खेलपछि नेपाल स्कटल्यान्ड जानेछ । नेपालले स्कटल्यान्डमा विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार