Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिड्नीमा बाढीबाट हजारौँ विस्थापित, जनजीवन अस्तव्यस्त

    सिड्नीमा बाढीबाट हजारौँ विस्थापित, जनजीवन अस्तव्यस्त

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 753
    SHARES

    एजेन्सी । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् ।

    उनीहरू अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।



    अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।



    स्थानीय सरकारी अधिकारीले पनि सुरक्षित स्थानतर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन्। झन्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन्।

    पछिल्लो चार दिनमा झन्डै आठ महिनामा हुने जति वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार