Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्यार्थी भिसामा अष्ट्रेलिया जान कडाइ

    विद्यार्थी भिसामा अष्ट्रेलिया जान कडाइ

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ ।

    अष्ट्रेलिया सरकारले आगामी २ वर्षका लागि प्रवासी कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा कडाई गरेको हो ।



    यसअघि भत्किएको प्रवाशन प्रणाली सुधारको नाममा अष्ट्रेलियाले यो कदम चालेको अन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ नीति अनुसार प्रवासी विद्यार्थीले अब अंग्रेजी परीक्षामा उच्च अंक ल्याउनुपर्ने हुन्छ । त्यसमा पनि एक विद्यार्थी भिसामा कडा अनुसन्धान हुनेछ ।



    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गत हप्ता अष्ट्रेलियाको प्रवाशन संख्या कटौती गर्ने र टिकाउ स्तरमा पुर्‍याउने बताएका थिए ।

    अष्ट्रेलियामा अहिले आप्रवाशीको संख्या बढेर ५ लाख १० हजार रहेको छ। आधिकारीक आंकडाका अनुसार २०२४–२५ देखि २०२५–२६ सम्म घटेर एक चौथाई मिलियनमा पुग्ने अनुमान गरिएको छ ।

    अष्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनिलले २०२२–२३ मा आप्रवासी बढ्नुको प्रमुख कारण विद्यार्थीहरु नै भएको बताएका छन् । आफ्नो व्यावसाय र कर्मचरीको कमी पुरा गर्न सकियोस् भनेर अष्ट्रेलियाले पछिल्लो वर्ष आफ्नो वार्षिक प्रवासन संख्यालाई बढाएको थियो ।

    कोरोना महामारीका कारण सिमा बन्द थियो । लगभग २ वर्षसम्म विदेशी विद्यार्थी र श्रमिकलाई भित्र्याउन पाएको थिएन । कोरोना महामारीपछि विदेशी श्रमिक र विद्यार्थीको आगमनले अष्ट्रेलियाको स्थिर आर्थिक प्रणाली नै ध्वस्त हुन पुगेको बताईएको छ ।

    रोयटर्सका अनुसार अत्याधिक कुशल श्रमिकका लागि भने एक हप्ता भित्र नयाँ विशेषज्ञ भिषा स्थापित गर्ने अष्ट्रेलियाले जनाएको छ । मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण हुने आप्रवासीका लागि मात्रै भिषा आवेदन खुलाउने उसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार