Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अष्ट्रेलियामा भारतीय नागरिकको गोली हानी हत्या

    अष्ट्रेलियामा भारतीय नागरिकको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 615
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अष्ट्रेलियाको प्रहरीले मंगलबार भारतीय नागरिक मोहम्मद रहमथुल्लाह सैयद अहमदलाई गोली हानेर हत्या गरेको छ ।

    सिड्नीको अबर्न रेलवे स्टेशनमा एक क्लिनरमाथि छुरा प्रहार गर्नुका साथै प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेकाले उनलाई गोली हानी हत्या गरिएको हो ।



    अस्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासका अनुसार ब्रिजिङ भिसामा अबर्नमा बस्दै आएका आक्रमणकारी भारत तमिलनाडुका हुन् ।



    अष्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासले घटना अत्यन्तै डरलाग्दो र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार