Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • दक्षिण अमेरिकी मुलुक इक्वेडरमा गोली हानी मेयरको हत्या

    दक्षिण अमेरिकी मुलुक इक्वेडरमा गोली हानी मेयरको हत्या

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 477
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा एक जना मेयरको गोली हानी हत्या भएको छ।

    प्रशान्त महासागरको छेउमा रहेको मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो।



    ३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आइतबार आक्रमण हुँदा उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए।



    एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।

    मेयरका सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा गोली लागेर आक्रमणकारी पनि घाइते भएका छन्। प्रहरी हिरासतमा रहेका उनको अहिले उपचार भइरहेको छ। मेयर इन्ट्रिआगोमाथि गोली हान्नुको कारण खुलिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार