Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विराटनगरका युवाको तरहरा जंगलमा गोली हानी हत्या, गोली प्रहार गर्नेको खोजी गर्दै प्रहरी

    विराटनगरका युवाको तरहरा जंगलमा गोली हानी हत्या, गोली प्रहार गर्नेको खोजी गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीमा गोली हानी एक जनाको हत्या गरिएको छ । जिल्लाको विराटनगर उपमहानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको शुक्रबार गोली प्रहारबाट हत्या गरिएको हो ।

    धनकुटाबाट विराटनगर तर्फ जाँदै गरेका चौधरीमाथि धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा अज्ञात समूहले गोली प्रहार भएको थियो ।



    तरहराको चारकोशे जंगलमा उनीमाथि गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।



    गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार