Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अष्ट्रेलियाले जित्यो दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला

    अष्ट्रेलियाले जित्यो दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 804
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला अष्ट्रेलियाले हात पारेको छ । गएराति डरबानमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल बाँकी छँदै अष्ट्रेलियाले शृङ्खला जितेको हो ।

    दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अष्ट्रेलियाले ३१ बल बाँकी छँदै जम्मा २ विकेट गुमाएर भेट्टायो ।



    यसअघि कप्तान एडन मार्क्रमको ४९ रनको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।



    तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार