Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किए

    अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किए

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 861
    SHARES

    काठमाडौँ ।  जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

    मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए ।



    ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निरौलाले भने ।



    स्रोतका अनुसार शर्माले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन आग्रह गरेका हुन् ।

    अर्का राजस्व सचिव कृष्णहरि पुस्कर भने विदेश भ्रमणमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार