Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विशेष अदालतले सफाइ दिएपछि अर्थ सचिवमा मरासिनी

    विशेष अदालतले सफाइ दिएपछि अर्थ सचिवमा मरासिनी

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 390
    SHARES

    काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।



    पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।



    तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । पेमगेट्वेसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै उनलाई अर्थ मन्त्रालयमा लगिएको हो।

    मरासिनी अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको प्रणाली खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले विशेष अदालतमा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार