Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपत्यकाका थप २ जनामा भेटियो हैजा

    उपत्यकाका थप २ जनामा भेटियो हैजा

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 777
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २ जनामा हैजा भेटिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गएराति थप २ जना हैजाका बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ।



    कागेश्वरी मनहरा नगरपालिकाका-६ का १२ वर्षीय बालक र काठमाडौं-१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए। थप २ जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ।



    उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार