Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 633
    SHARES

    फाइल तस्विर

    सङ्खुवासभा । मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र ३१ जना घाइते भएका छन्।



    मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।



    मलामी बोकेर फर्किंदै गरेको ट्रयाक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार