Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै

    जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 759
    SHARES

    काठमाडौं । सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो।

    शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।



    चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।



    ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ। उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

    यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार