Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जापान प्रहरीले भन्यो – पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भयो

    जापान प्रहरीले भन्यो – पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भयो

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 813
    SHARES

    एजेन्सी । जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ ।

    नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले सुरक्षामा समस्या भएको कुरालाई स्वीकार गरेका हुन् । एक राजनीतिक अभियान कार्यक्रममा आबेमाथि गोली हानिएको थियो । घटनापछि जापान शोकमा डुबेको छ ।



    त्यहाँ आज माथिल्लो सदनका लागि मतदान सुरु भएको छ । चुनावी सभामा सम्बोधन गरिरहेका बेला आबेलाई ४१ वर्षका पुरुषले गोली हानेका थिए ।



    आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ । उहाँको पर्सि मङ्गलवार अन्त्येष्टि गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार