Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आबे हत्याकाण्ड : जापानी प्रहरी प्रमुखले नैतिक रुपमा दिए राजीनामा

    आबे हत्याकाण्ड : जापानी प्रहरी प्रमुखले नैतिक रुपमा दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 915
    SHARES

    एजेन्सी । जापानको राष्ट्रिय प्रहरी निकायका प्रमुख इतारु नाकामुरा पदबाट राजीनामा दिएका छन् ।

    पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यालाई लिएर उनले नैतिक रूपमा राजीनामा दिएका हुन् । आफूले जुलाई ८ मा भएको गोलीकाण्डको जिम्मेवारी लिन चाहेको उनले बताए ।



    राजीनामा घोषणा गर्दै प्रहरी प्रमुख नाकामुराले पत्रकार सम्मेलनमा भने,’हाम्रो नयाँ सुरक्षा योजना सिफारिस गर्ने प्रक्रियामा हाम्रा सुरक्षा कार्यहरू ताजा ढंगले सुरु गर्नुपर्ने महसुस हामीले गरेका छौँ ।’



    अनुसन्धानबाट पूर्वप्रधानमन्त्रीलाई दिइएको सुरक्षा व्यवस्थामा गम्भीर त्रुटिहरू देखिएको पत्ता लागेको थियो ।

    जापानको नारा सहरमा एउटा राजनीतिक अभियान कार्यक्रममा बोल्दै गरेको अवस्थामा आबेमाथि गोली हानिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार