Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहमति नजुटेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक स्थगित

    सहमति नजुटेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 603
    SHARES

    धनगढी । आर्थिक वर्ष २०७९/८० को बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको वैठक आइतबार पनि स्थगित भएको छ ।

    कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभ बैठक स्थगित भएको हो ।



    गत असार १ गते आर्थिक मामिलामन्त्री रावलले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सत्तारुढ दलकै सांसदहरुले संशोधनको माग गरेपछि अहिलेसम्म छलफल हुन सकेको छैन ।



    असार मसान्तभित्र अगामी वर्षको बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताका कारणले समय घर्किदै गएपछि आर्थिक मामिला मन्त्री र सरकार दबावमा परेका छन् ।
    आइतबारको बैठकमा सत्तारुढ कांग्रेसले भने बजेट संशोधन नगरी यथास्थितिमा समर्थन गर्न नसकिने निर्णय संसदीय दलको बैठकले गरेको सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार