Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपसभामुख र उपाध्यक्ष चयन गर्न महिला सांसदहरुले आन्दोलन गर्नुपर्छ : वामदेव गौतम

    उपसभामुख र उपाध्यक्ष चयन गर्न महिला सांसदहरुले आन्दोलन गर्नुपर्छ : वामदेव गौतम

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 714
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन् ।



    पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए ।



    संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे । दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने गौतमको भनाइ छ । गौतमले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउने दुःखद् भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार