Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

    गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 624
    SHARES

    धनगढी । बजेटमाथि छलफल गर्न बिहान ११ बजे बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । एक घण्टा ढिलो गरेर १२ बजे बसेको बैठकमा गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन् ।

    देशसभाको अर्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयकाअनुसार बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा मंगलबारको बैठकमा १३ जना मात्र उपस्थित थिए ।



    बैठकमा सत्तारूढ नेपाली कांग्रेसका कुनै पनि प्रदेश सभा सदस्यको उपस्थिति थिएन । आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने माग सत्तारूढ दलकै प्रदेशसभा सदस्यहरूले गरेका छन् ।



    बजेट संशोधन नभए बैठक चल्न नदिने अडानकै कारण अहिलेसम्म बैठक बस्न सकेको छैन । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दल सहभागी नभएपछि बैठक स्थगित गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार