Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कुटपिटबाट बैतडीमा एक जनाको मृत्यु

    कुटपिटबाट बैतडीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 756
    SHARES

    संकेतिक तस्विर

    बैतडी । कुटपिटबाट बैतडीमा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका-३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाट मृत्यु भएको हो ।

    सोही ठाउँका ४६ वर्षीय पुरन बहादुर बोहराको कुटाइबाट पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    असार २५ गते राती बोहराले कुटपिट गरी घाइते बनाएको र हिजो स्थानीय गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।



    मृतक पार्कीको शव पोष्टमाटमपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार